गङ्गाजमुना गाउँपालिका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वागमती प्रदेश स्थित धादिङ जिल्लामा उत्तर पश्चिमा पर्दछ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये यस गाउँपालिका जिल्लाको सदरमुकामदेखि ५४ कि.मि.को दुरीमा पर्दछ । संघीय शासन प्रणाली अनुसार स्थानीय तह पुनसंरचना प्रक्रियामा धादिङ जिल्लाको साविक रि, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गरी ५ वटा गाउँ विकास समिति समायोजन भएर २०७३ सालमा यो गाँउपालिका स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी.
उपभोक्त समितिले योजना सम्झोता गर्न आउँदा ल्याउनु पर्ने कागजातहरु ः
१) आमभेला गरी सोको निर्णय ।
२) आमभेलाले गठन गरेको उपभोक्ता समिति (जस्मा ३३ प्रतिशत महिला हुनु पर्ने, अध्यक्ष, सचिव र कोषाध्यक्ष मध्ये एक जना महिला हुनु पर्ने उपभोक्ता समितिमा सात देखि एघार सदस्य हुनु पर्ने उपभोक्ता समिति गठन गर्दा समावेशी हुनका साथै उपभोक्ता समितिमा आवद्ध व्यक्तिहरु सामान्यतया साक्षर हुनुपर्ने छ । )
३) उपभोक्ता समितिका सम्पूर्ण पदाधिारीहरुको नागरिकताको प्रमाणित प्रतिलिपि थान २ । अध्यक्ष, सचिव र कोषाध्यक्षको हकमा ३ प्रति ।
Pages